साउन २७ गतदेखि हकप्रद सेयर बिक्री गर्दै आँखुखोला जलविद्युत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साउन २७ गतदेखि हकप्रद सेयर बिक्री गर्दै आँखुखोला जलविद्युत



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो । गत असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्