नेपाल इन्स्योरेन्सले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्री गर्दै, प्रतिकित्ता ३०० रुपैयाँमा किन्ने मौका
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६६ हजार ५६६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ कायम भएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि आजैका मिति (साउन ११ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गणेशस्थान कमलादीमा शिलबन्दी बोलपत्रपेश गर्न सक्नेछन् । तोकिएको सो अवधिमा विद्यमान संस्थापकहरु आवेदन नदिएको खण्डमा भने प्रचलित कानुन बमोजिम अन्य बिक्री व्यक्ति तथा संस्थाहरुलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।













