आरम्भ चौतारी, बोतलर्स नेपाल लगायत यी कम्पनीका लगानीकर्ताहरुले गुमाए सर्वाधिक
आरम्भ चौतारी, बोतलर्स नेपाल लगायत यी कम्पनीका लगानीकर्ताहरुले गुमाए सर्वाधिक
काठमाडौं । साताको दोस्रो कारोबार दिन आरम्भ चौतारी लघुवित्त लगायतका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
सोमबार आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ८.३५ प्रतिशत अर्थात् प्रतिकित्ता ११३ रुपैयाँ ६० पैसा घटेको हो ।योसँगै आज कम्पनीको सेयर मूल्य १ हजार २४७ रुपैयाँ कायम भएको छ।
यस्तै, आज बोतलर्स नेपाल (बालाजु)को सेयर मूल्य पनि ७.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १ हजार ६५० रुपैयाँ घटेर १९ हजार कायम भएको छ।
यता, सिद्धार्थ इक्विटी फन्डको पनि ७.९३ प्रतिशत, अभियान लघुवित्तको ६.८८ प्रतिशत, गुराँस लघुवित्तको ६.७२ प्रतिशत, बोतलर्स नेपाल (तराई) को ६.१४ प्रतिशत घटेको छ ।
आज फरवार्ड माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त, सर्पोट लघुवित्त, विशाल बजार लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।















