लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले गरे लाभांश घोषणा, कसले कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले गरे लाभांश घोषणा, कसले कति ?



काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नति कोषले लाभांश घोषणा गरेको छ। लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित यी दुई फन्ड लाभांश घोषणा गरेका हुन् ।

लक्ष्मी भ्यालु फण्ड–२ ले आर्थिक वर्ष २०८०/८१ को लागि योजनाको इकाईधनीहरुलाई ४.५ (चार दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०८०/८१ को लागि योजनाको इकाईधनीहरुलाई ७.५ (सात दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्