८ श्रावण २०८३, शुक्रबार

सन नेपाल लाइफको नाफा साढे ५७ करोड, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । सन नेपाल लाइफले एक वर्षमा साढे ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो आवको तुलनामा भने २६.५३ प्रतिशत कमी हो । अघिल्लो आवमा कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन भने १५.७८ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ९८ करोड २० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल दावी भुक्तानी पनि १०.५९ प्रतिशत वृद्धि भई २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको कुल आम्दानी पनि १४.२४ प्रतिशत बढेर ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि दोहोरो अंकले बढेको देखिन्छ । गत वर्ष कम्पनीको कुल खर्च १२.४७ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ कायम भएको छ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्