८ श्रावण २०८३, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीले कमायो साढे ५१ अर्ब नाफा, इपिएस लगायतका मुख्य सूचक कस्ता ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक वर्षमा साढे ५१ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने १३.४९ प्रतिशत कमी हो । अघिल्लो आवमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले ३ अर्ब ६३ करोड ७१ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ।

गत वर्ष कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ कायम भएको छ। कुल खर्च भने ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ भएको छ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ । विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड ७१ लाख र महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्