८ श्रावण २०८३, शुक्रबार

आइजीआई प्रुडेन्सियलको लोभलाग्दो वित्तीय प्रगतिः साढे दुई गुणा बढ्यो नाफा, इपिएस पनि वृद्धि



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लोभलाग्दो वित्तीय प्रगति गरेको छ । गत वर्ष कम्पनीको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार गरेका छ ।

कम्पनीले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको खुद नाफामा साढे दुई गुणा बढेर ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको तुलनामा १५६.६७ प्रतिशत बढेको हो । अघिल्लो आवमा कम्पनीले २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९०.५६ प्रतिशत बढेको छ । अघिल्लो आवमा ७४ करोड ४२ लाख खुद बीमा आर्जन गरेको थियो । तर, यो वर्ष भने १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको दावी भुक्तानी पनि ६४.४३ प्रतिशत बढेर ७४ करोड ८१ लाख कायम भएको छ ।

गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। यता, कुल खर्च भने १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ कायम भएको छ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ। कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ७२ करोड ५७ लाख र महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ राखेको छ।


प्रतिक्रिया दिनुहोस्