सानिमा रिलायन्स लाइफको सेयर स्वामित्व परिमार्जन भएपछि कति कायम भयो ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीको थप १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको हो ।
अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको हिस्सा क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेको थियो ।














