८ श्रावण २०८३, शुक्रबार

समृद्धि फाईनान्सको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाईनान्सलेसंस्थाको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा बिभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्टआइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्