१० श्रावण २०८३, आइतबार

सन नेपाल लाइफको २३.८० प्रतिशत बोनस सेयर सूचीकृत

सन नेपाल लाइफको २३.८० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले २३.८० प्रतिशत बापतको बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।