८ श्रावण २०८३, शुक्रबार

आइएमई र जिएमईले आजदेखि थाले एकीकृत कारोबार



काठमाडौं । आइएमई लिमिटेड र जिएमईले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

नेपालकै पहिलो र नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले जिएमईलाई प्राप्ति गरेपश्चात बुधवारदेखि एकीकृत कारोबार थालनी गरेका हुन् ।

यो रेमिट्यान्स क्षेत्रको पहिलो सफल मर्जर हो । आजदेखि औपचारिक रुपमा आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

हाल आइएमईको चुक्ता पुँजी ९० करोड र जिएमईको २५ करोड रहेको छ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड कायम हुनेछ । यी दुवै कम्पनी नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुला कम्पनी हुन् ।


प्रतिक्रिया दिनुहोस्