८ श्रावण २०८३, शुक्रबार

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पीटल मा विशेष छुट



काठमाण्डौं । प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पीटल को सेवा सुविधामा विशेष छुट प्रदान गरीने भएको छ ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंक बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक का बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको थियो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।


प्रतिक्रिया दिनुहोस्