नबिल बैंकले डाक्यो विशेष साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नबिल बैंकले डाक्यो विशेष साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?



काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारण सभा बोलाएको छ । बैंकले भदौ १७ गते विशेष साधारण सभा डाकेको हो ।

साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो ।

विशेष साधारण सभामा “नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“ जारी गर्ने एजेन्डा छ । यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय विशेष साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनका लागि बैंकले बुक क्लोज मिति तय गरेको छ । नबिलले भदौ ७ गते बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा भदौ ६ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्