१० श्रावण २०८३, आइतबार

के विश्वमा आतंक मच्चाइरहेको ‘एमपक्स’ नयाँ कोरोना हो ? जान्नुहोस् पाँच महत्त्वपूर्ण कुरा

के विश्वमा आतंक मच्चाइरहेको ‘एमपक्स’ नयाँ कोरोना हो ? जान्नुहोस् पाँच महत्त्वपूर्ण कुरा



काठमाडौं । पछिल्लो समय ‘एमपक्स’ अर्थात् मङ्कीपक्सलाई लिएर विश्वको ध्यान खिचिएको छ । विश्व स्वास्थ्य संगठनले एमपक्स लिएर सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि यसलाई कोरोना होकी भन्ने प्रश्न उठ्न थालेको छ ।

यो बाँदरबाट सर्के रोग हो त्यसैले यसलाई मङ्कीपक्सको नामले समेत चिनिन्छ । यो एक प्रकारको भाइरल इन्फेक्सन हो । यो भाइरस पहिलो पटक सन् १९५८ मा डेनमार्कमा बाँदरमा अनुसन्धानका क्रममा भेटिएको थियो । त्यसपछि यो प्रायः दक्षिण अफ्रिकाको मध्य र दक्षिणी भागहरूमा पाइयो ।तर अहिले धेरै वर्षपछि यो रोग बाहिर पनि फैलिरहेको छ ।

यो भाइरस अन्य भाइरसभन्दा निकै फरक रहेको विशेषज्ञहरू बताउँछन् । कतिपयको बुझाइमा यो कोरोना भाइरस होकी भन्ने बुझाइ रहेको भएपनि यो कोरोना भाइरसभन्दा धेरै फरक छ। यो भाइरसले शरीरमा दाग वा फोहोर निम्त्याउँछ । जुन अन्य भाइरसभन्दा फरक लक्षण हो। यो सामान्य सानो हावाबाट सर्ने भाइरस होइन । त्यसैले यो हाछ्युँ गर्दा वा खोक्दा सजिलै सर्दैन। कोरोनाको तुलनामा यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि कम छ ।

हालसम्म यो भाइरसका ९९ हजार संक्रमित भेटिएका छन् । यसअघि सन् २०२२ मा पनि यो भाइरस फैलिएको थियो र डब्ल्यूएचओले यसका लागि अलर्ट जारी गरेको थियो । त्यसयता यो भाइरसका कारण २ सय जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा मंकीपक्सको भाइरस भेटिएपछि भने यसप्रति त्रास बढ्न थालेको छ । भारतले पनि यो भाइरसबारे सतर्कता अपनाउन थालेको छ ।

डब्लुएचओ युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेका अनुसार एमपक्स नयाँ कोरोना होइन। कोरोना र एमपक्स दुवै रोग भाइरसबाट हुने गर्दछ।

यसकारण एमपक्स कसरी कोरोनाभन्दा फरक छ । जान्नुहोस् पाँच महत्त्वपूर्ण कुरा :-

१. एमपक्स नयाँ भाइरस होइन।

२. एमपक्स संक्रामक छैन।

३. खोप उपलब्ध छ।

४.. कोरोना जति छिटो रूप परिवर्तन गर्दैन।

५. लकडाउन वा खोप लिन कुनै बाध्यता छैन ।

बाँदरबाट सर्ने रोग हो । यसबाहेक अन्य प्रकारका प्राइमेट र मुसाहरू पनि यो भाइरस फैलाउने स्रोत हुन्। यो भाइरस त्यस्ता जनावरहरूको शरीरमा सुरक्षित हुन्छ। जब यी जनावरहरू मानवसँग सम्पर्कमा आउँछन्, भाइरस तिनीहरूमा प्रवेश गर्छ र त्यसपछि तिनीहरूको माध्यमबाट एक मानिसबाट अर्कोमा फैलिन्छ।