सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।













