८ श्रावण २०८३, शुक्रबार

नेरुडे मिर्मिरे लघुवित्त द्वारा १० लाख २० हजारको बिमा दाबी रकम भुक्तानी



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले १० लाख २० हजारको बिमा दाबी रकम भुक्तानी गरेको छ ।

शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे समूहका सदस्य भुम बहादुर के।सी।को निधन पछि कर्जाको जीवन बिमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो । मृतकको श्रीमती लक्ष्मी के।सी।लाई बिमाङ्क तथा क्रिया खर्च बापत रु १०,२०,०००को चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक चौरजहारी नगरपालिकाकी उपमेयर ईश्वरी कुमारी शर्माद्वारा हस्तान्तरण गरेको हो । हस्तान्तरणको कार्यक्रममा चौरजहारी वडा नं.४ का वडा अध्यक्ष गोपाल भण्डारी, नेरुडे मिर्मिरे लघुवित्त श्रीनगर क्लष्टर प्रमुख तेज बहादुर खत्री, शाखा प्रमुख विनोद कुमार श्रेष्ठ, शाखाका कर्मचारीहरु यसुदा बुढा, कमला खड्का लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

बिमा दाबी भुक्तानी प्राप्त गरेपछि श्रीमती लक्ष्मी के.सी ले बिमा गरिएको कारणले कर्जाको भार परिवारमा
नपरेको भन्दै संस्था तथा बिमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्