७ प्रतिशत लाभांश घोषणा गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को बुक क्लोज कहिले ?
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले बुक क्लोजका लागि मिति तय गरेको छ ।
सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको हो ।
स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ।
क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश वितरण प्रयोजनार्थ भदौ २३ गते बुक क्लोज गर्ने भएको हो ।













