८ श्रावण २०८३, शुक्रबार

शाखा कार्यालय संचालनका लागि पेप्सीकोलामा घर खोज्दै नेशनल लाइफ



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घर भाडामा लिने भएको छ । कम्पनीले पेप्सीकोला शाखा कार्याका लागि घर भाडामा लिन लागेको हो ।

कम्पनीका अनुसार पेप्सीकोला चोकको मुख्य सडकको ५०० मिटर परिधिमा आरसीसी सिष्टमबाट निर्माण घएको फ्ल्याट भाडामा आवश्यक परेको हो ।

उक्त क्षेत्रमा घर/फ्ल्याट भाडामा दिन इच्छुक व्यक्ति संस्थाले आफूले चाहेको मासिक बहाल रकम (करसहित अथवा कर बाहेक) उल्लेख गरि प्रस्ताव पेश गर्न सक्नेछन् ।

आजैका मितिले ७ दिन भित्र लालपुर्जा, नक्सान पास, घरधनीको नागरिकता लगायतका आवश्यक कागजातहरुसहित घर घाडा सम्वन्धि प्रस्ताव पठाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्