८ श्रावण २०८३, शुक्रबार

लिवर्टी माइक्रो लाइफको ३ दिने ‘एनुअल सेल्स मिट’ कार्यक्रम सम्पन्न



काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो तथा ऐतिहासिक ३ दिने वार्षिक बिक्री भेटघाट अर्थात् ‘एनुअल सेल्स मिट’ सम्पन्न गरेको छ । सौराहाको जंगल क्राउन रिसोर्टमा ३ दिनसम्म चलेको कार्यक्रम आज (भदौ १६ गते) कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव, प्रमुख बजार अधिकृत अशोक कुँवर, प्रमुख प्रशासकिय अधिकृत दिग्विजय सिङ्गलज्यु, वरिष्ठ पदाधिकारीहरु, प्रादेशिक प्रमुख, नेपाल अधिराज्य भरिका शाखा र उपशाखा प्रमुखहरु तथा कम्पनीका फिल्ड एसोसिएट्स , एजेन्सी प्रबन्धक र प्रमुख एजेन्सी प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

उक्त ३ दिने कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा तथा आर्थिक वर्ष २०८१/८२ को बजेटकाे बारेमा छलफल गरिएको थियो । आर्थिक बर्ष २०८०/८१ मा शाखा, उपशाखा तथा अभिकर्ताहरुले हासिल गरेको उपलब्धिकाे अवार्ड समेत वितरण गरिएको थियो ।

साथै उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ पदाधिकारी द्वारा जोखिमाङ्कन, कम्पनीले गर्ने कार्य काे विस्तृत विवरण तथा सम्पति शुद्धिकरण निवारण तथा परिपालना (AML/CFT) सम्बन्धी तालिम समेत दिइएको थियो ।

उक्त तिन दिने कार्यक्रमलाई आफ्नो मन्तव्य दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवज्यू द्वारा कम्पनीको विस्तार, आक्रमक बजार विस्तार, निति तथा नियम कानुनको परिपालना गरी अगाडि बढाउने कुरामा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्