दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनले कति दिँदै छन् ?
काठमाडौं । आज अर्थात् भदौ १८ गते दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम मौका रहेको छ। आज कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुई फन्डहरुले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १९ गते बुधवार बुकक्लोज गर्दैछन् । आजसम्म कायम इकाईधनीहरुले दुई फन्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
कुमारी इक्विटीले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशत र कुमारी धनवृद्धि योजनालले पनि ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।













