१ कार्तिक २०८३, आइतबार

बीमा क्षेत्रको विवाद समाधानका लागि प्राधिकरणले लागू गर्यो ‘मेलमिलाप तथा मध्यस्थता कार्यविधि’



काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता सम्वन्धी कार्यविधि,२०८१ लागू गरेको छ । बीमा क्षेत्रका विवाद समाधान तथा निरुपण गर्नका लागि प्राधिकरणले यस्तो कार्यविधि लागू गरेको हो ।

बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरि प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाको माध्यमद्वारा विवादको निरुपण गर्ने सम्वन्धमा कार्यविधि व्यवस्था गरेको हो ।

प्राधिकरणमा दर्ता भएको कुनै उजुरीमा वा कम्पनी कम्पनी, बीमित वा बीमा कुनै पक्षले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवादको निरुपण गर्न सकिने छ।

प्राधिकरणमा निवेदन गरेमा संचालक समिति आफैले मध्यस्थता समिति मार्फत कार्यविधि बमोजिम पनि विवाद मिलाउन सकिने उल्लेख छ।

मध्यस्ता समिति पनि गठन गर्न सकिने व्यवस्था छ । समितिमा प्राधिकरणको अध्यक्ष संयोजक रहने छन् । प्राधिकरणका कार्यकारी निर्देशक, कानून तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखाको प्रमुख सदस्य रहने छन् । अध्यक्षले तोकेको उजुरी शाखाको एकजना अधिकृत पनि सदस्य सचिवको रुपमा रहने छन् ।

उक्त समितिले कार्य प्रारम्भ गरेको मितिले ६० दिनभित्र विवादको निरुपण गरिसक्नुपर्नेछ ।

यस्तो कार्यविधि