आरबिबि म्युचुअल फण्ड–१ र २ को लाभांश घोषणा, कसले कति दिने ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आरबिबि म्युचुअल फण्ड–१ र २ को लाभांश घोषणा, कसले कति दिने ?



काठमाडौं । आरबिबि म्युचुअल फण्ड–१ र आरबिबि म्युचुअल फण्ड–२ ले लाभांश घोषणा गरेका छन् ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ती दुई फन्डले प्रतिफल घोषणा गरेका छन् ।

बिहीबार (भदौ २० गते) बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फन्ड–१ ले करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फन्ड २ ले करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएका छन् ।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फन्डहरुले बुक क्लोजका लागि मिति तय गरेका छन् । फन्डहरुले आगामी भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्