८ श्रावण २०८३, शुक्रबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अभिकर्ताका लागि भर्चुअल तालिम



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ताका लागि भर्चुअल तालिम सम्पन्न गरेको हो ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्