८ श्रावण २०८३, शुक्रबार

७.५० प्रतिशत पारित गर्न मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरको छ। कम्पनीले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो । कम्पनीले आगामी असोज ११ गते सभा गर्ने भएको छ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट ७.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको छ। सोही प्रस्ताव सभामा पेश भई पारित हुनेछ ।

सभा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डाहरुमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण समेत सभाले नै गर्नेछ।


प्रतिक्रिया दिनुहोस्