अभिकर्ता प्रोत्साहनमा सानिमा रिलायन्सको तत्परता, भव्य रुपमा सम्पन्न गर्यो ‘क्लब अचिभर्स इभेन्ट २०८१’
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८१’ भव्य रुपमा सम्पन्न गरेको छ ।
द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।
कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्षले केडियाले अभिकर्ताहरुले कम्पनीको व्यवसाय वृद्धि उच्च योगदान गरेको बताएका थिए । उनले देशका विभिन्न ठाउँहरुबाट आएका तथा क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए । अभिकर्ताले देखएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्याएको योगदानले थप उचाई पुग्ने बताए ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले पनि अभिकर्ता नै कम्पनीको मेरुदण्ड रहेको बताए । अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो ।
उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।













