छुट्ला है यी तीन वटा फन्डहरुको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छुट्ला है यी तीन वटा फन्डहरुको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । आज सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । यी तीनै वटा फन्डहरुले लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो वर्ष सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएका छन् । यी फण्डहरुको कोष प्रबर्द्धक सानिमा बैंक रहेको छ।


प्रतिक्रिया दिनुहोस्