१ कार्तिक २०८३, आइतबार

खल्ती बाट वल्डलिंकको भुक्तानीमा नामिको इभी कार



काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ।

यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामि ०१ इथ्री इभी का जित्न सक्नेछन्।

असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेट को बिल भुक्तानी गरी नामि ०१ इथ्री इभी कार जित्न सक्ने छन्। यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसुङ को प्रडक्ट जित्न सक्नेछन् भने बोटका प्रडक्टहरूमा ५९ सम्मको अनि सामसुङका प्रडक्टहरूमा ३९ प्रतिशत सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्‍याफल टिकट ९विशेष कुपन० पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन्।

गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा इभी जित्ने मौका रहेको छ।