लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीले आगामी असोज २३ गते बुधवार सातौं वार्षिक साधारण सभा बोलाएको हो । सभा अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौ बिहान ११ बजे सुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । सभामा सोही लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।
यसका साथै संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।













