सानिमा रिलायन्स लाइफको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असोज २३ गते साधारण सभा बोलाएको छ ।
आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा हुने सभामा लाभांश प्रस्ता पारित गर्न मुख्य एजेन्डा रहेको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्त पनि गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।













