युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद सेयर जारी गर्न गत असोज ४ गते धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्