हिमालयन लाइफको ७९ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक सेयरधनी हिम लाल काप्रीको नाममा कायम रहेको ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असोज १० गते) ले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित रुपमा जानकारी गराउनुपर्नेछ ।
तोकिएको उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नदिएको खण्डमा भने प्रचलित कानुन बमोजिम अन्य खरिदकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।













