८ श्रावण २०८३, शुक्रबार

लघु निर्जीवन बीमा व्यवसायः नेपाल माइक्रोले गर्यो सर्वाधिक व्यापार, अन्य कुनको कति ?



काठमाडौं । हाल संचालनमा रहेका चार लघु निर्जीबन बीमा कम्पनीहरुले दुई महिनामा ११ करोड बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउन र भदौ महिनामा चार लघु निर्जीवन बीमा कम्पनीले ४२ हजार ४४६ वटा बीमालेख बिक्री गरि ११ करोड ३ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इन्स्योरेन्स संचालनमा छन् । ती कम्पनीहरुले भदौ महिनामा मात्रै २२ हजार २०३ वटा बीमालेख बिक्री ५ करोड ८७ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको दुई महिनामा सबैभन्दा धेरै व्यापार नेपाल माइक्रोले गरेको छ । समिक्षा अवधिमा ३ करोड १२ लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १२ हजार १८४ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, प्रोटेक्टिभ माइक्रोले पनि ९ हजार ४३० वटा बीमालेख बिक्री गरि २ करोड ८० लाख ३९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, ट्रस्ट माइक्रोले ९ हजार ३०५ वटा बीमालेख बिक्री गरि २ करोड ५८ लाख ३ हजार रुपैयाँ र स्टार माइक्रोले ११ हजार ५२७ वटा बीमालेख बिक्री गरि २ करोड ५२ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्