सिटिजन्स क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश घोषणा, कसले कति दिने ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश घोषणा, कसले कति दिने ?



काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीहरुलाई दिने प्रतिफल (लभांश) घोषणा गरेका छन् ।

सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर–३० म्युचुअल फन्डको लाभांश घोषणा गरेका हुन् ।

क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड–१, २, सिटिजन्स सुपर–३० ले यो वर्षका लािग क्रमशः करसहित ९ प्रतिशत, ६.५ प्रतिशत र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि यी तीनै वटा फन्डले आगामी असोज २३ गते बुक क्लोज गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्