हिमालयन ‘८०-२०’ को प्रतिफल घोषणा
काठमाडौं । हिमालयन ‘८०–२०’ले प्रतिफल घोषणा गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सो फन्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।
फण्डले इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल दिने भएको छ । असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले ६ करोड रुपयाँ मात्र प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।













