सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम मौका



काठमाडौं । आज अर्थात् असोज २२ गते सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

आज सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी तीन वटै फन्डले भोलि अर्थात् असोज २३ गते बुधवार बुक क्लोज गर्दैछ ।

सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड १ ले इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्