एक कम्पनीको २० लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २० लाख ४ हजार ६६६ दशमलव ५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ४ प्रतिशत बापतको उक्त बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ । गत शुक्रबार कम्पनीको सो बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













