८ श्रावण २०८३, शुक्रबार

कात्तिक दोस्रो साताभित्रै दुई कम्पनीको लकइन अवधि समाप्त हुँदै



काठमाडौं । कात्तिक महिनामा दुई कम्पनीको लकइन अवधि समाप्त हुँदैछ । कात्तिक महिनाभित्रै मध्यभोटेकोशी जलविद्युत कम्पनी र सामलिङ पावरको लकइन अवधि सकिने भएको हो ।

मध्यभोटेकोशीको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरमा कात्तिक ११ पछि लकइन अवधि सकिँदैछ भने सामलिङ पावरको ४२ लाख ८४ हजार बढीको सेयरमा कात्तिक १५ गतेपछि सकिँदैछ ।

मध्यभोटेकोशीको संस्थापक सेयरधनी, कर्मचारी कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कम्पनीका कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

यस्तै सामलिङ पावरको कुल ४२ लाख ८४ हजार ६०० कित्ता सेयरको लकइन अवधि सकिने भएको हो । संस्थापक, प्रभावित स्थानीय तथा कर्मचारीका नाममा रहेको सेयरमा लकइन अवधि सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्