तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट, कारोबार रकम पनि सुस्तायो
काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । तिहार अघि दोहोरो अंकले घटेको बजार आज पनि सुस्ताएको छ ।
तिहारपछिको पहिलो कारोबार दिन बजार सामान्य ०.२१ अंकले घटेको छ । उतारचढावकाबीच बजार सामान्य अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६७७.४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज फाइनान्स समूह ७.१७ अंक, होटेल तथा पर्यटन ५६.०१, जलविद्युत समूह २५.८६, जीवन बीमा समूह ५२.२९, निर्जीवन बीमा समूह १४१.५२ र अन्य समूह ५.०८ अंकले वृद्धि भएको छ । यी बाहेकका बैंकिङ्ग, लगानी समूह लगायतका अन्य समूह भने घटेको छ ।
बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । तिहारअघिको अन्तिम कारोबारमा झन्डै ६ अर्ब बराबरको सेयर किनबेच भएको थियो । तर, आज भने झन् घटेर ४ अर्ब २० करोड ५५ लाख रुपैयाँमा झरेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक २९ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सानिजमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार र एनएलजी इन्स्योरेन्स १५ करोड ८४ लाख ९ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।













