२३ कार्तिक २०८३, सोमबार

मध्ये भोटेकोशी जलविद्युत कम्पनीको वित्तीय अवस्था कस्तो ?



काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनी सवा करोड नोक्सानीमा देखिएको छ । कम्पनीले बुधवार सार्वजकि गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड १६ लाख ४६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधि पनि कम्पनी ७३ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा थियो ।

हालसम्म कम्पनीले विद्युत बिक्री गर्न सकेको छैन । हाल निर्माणको चरणमा रहेकाले कम्पनीको खास आम्दानी नभएको हो । कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका (तत्कालिन मार्मिङ्ग र गती गाविस) भएर बग्ने भोटेकोशी नदीमा १०२ मेगावाट क्षमताकको आयोजना निर्माण कार्य अघि बढाइएको छ ।

हाल कम्पनीको संचालन नाफा पनि १ करोड २६ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । समिक्षा अवधिमा कम्पनीको आम्दानी १० लाख ११ हजार रुपैयाँ मात्रै भएको देखिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ०.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९२.९० रुपैयाँ रहेको छ ।