७ श्रावण २०८३, बिहिबार

सुरु भयो ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला, ५० हजारले अवलोकन गर्ने अनुमान



काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आजबाट फिन इलेक्ट्रो टेक–२०१४ सुरु भएको छ । काठमाडौंको भृकुीमण्डपस्थित हलमा आयोजित ११औं संस्करणको मेला सुरु भएको हो ।

सो मेला ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपाल विद्युत व्यावसायिक महासंघका अध्यक्षका रेशमप्रसाद देबकोटाले २ खर्बभन्दा बढीको बजार बन्न पुगेको बताए । यसले बजारको दिगो बिकास बिस्तारलाई गराउन भुमिका खेल्ने उनले बताए। उनले भने,“शिथिल अर्थतन्त्रलाइ पुनर्त्थान गर्नका लागि यो फीन इलेक्ट्रो टिच २०२४ ले ठुलो भूमिका खेल्ने छ।“

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आन्तरिक खपत घटाउन मुल्य पनि घटाउनु पर्ने बताए । उनले चार बर्षदेखि अर्थतन्त्रले संकुचित र सेयर बजारमा आएको गिरावट, सहकारीमा आएको समस्याले निजि क्षेत्रलाइ ठूलो नोक्सान पुगेको छ । उनले भने,“अब आर्थिक रुपमा सुधार गरेर उर्जा छेत्रलाइ चलायमान बनाउँदै अघि बढ्नुको बिकल्प छैन।“

त्यस्तै, कार्यममा बोल्दै नेपाल उधोग बाणिज्य महासंघका अध्यक्षले निजि छेत्रले दिएको सुझाबलाइ सरकारले ब्यक्तिगत लाभको रुपमा मात्र हेरिदिने हुँदा अहिलेको आर्थिक शिथिलता आएको बताए। उनले भने,“आफ्नो व्यावसायिक सुधारका लागि मात्र हुन जस्तो गरियो हेरियो जुन अहिले राजस्व उठ्यो।“

निजि छेत्र अर्थ तन्त्रको मेरुदण्ड हो।त्यसलाइ हटाएर अर्थतन्त्र सुधार हुनै नसक्ने ढकालले बताए । विदेशी लगानी ल्याउन सकिए मात्र अर्थतन्त्रलाइ दिगो विकासतर्फ लैजान सकिन्छ। उनले भने,“आगामी चिनियाँ भ्रमणलाई लगानी ल्याउने वातावरण पनि बन्न पर्छ।“

कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले अगामी दिनहरुमा भृकुटीमण्डपको प्रदर्शनी हललाइ आधुनिक स्तरको बनाउन मेरो प्रयास रहने बताए। उनले भने,उर्जाबाटै देशको आर्थिक सुधार संभावना भएकाले यसलाइ अघि बढाउनु पर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्