नाफा वृद्धिदरमा तगडा देखियो सानिमा जिआईसी, इपिएस पनि बढ्यो, कस्तो वित्तीय अवस्था ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नाफा वृद्धिदरमा तगडा देखियो सानिमा जिआईसी, इपिएस पनि बढ्यो, कस्तो वित्तीय अवस्था ?



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाफा उच्चदरमा वृद्धि भएको छ । कम्पनीको नाफा नाफा साढे ५० प्रतिशत बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ५०.६० प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तीन महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० करोड ८३ लाख रुपैयाँ देखिएको छ । कम्पनीको कुल आम्दानी भने २४.७५ प्रतिशत बढेर २७ करोड ६४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । यता खर्च भने सामान्य अर्थात् ४.८३ प्रतिशत बढेर २० करोड ३८ लाख कायम भउको छ ।

यस्तै, प्रतिसेयर आम्दानी पनि ३.४१ रुपैयाँ बढेर १०.१७ रुपैयाँ कायम रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १५१.५७ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । कम्पनीले बीमा कोषमा भने अर्ब ३६ करोड ६४ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्