यसकारण खुम्चियो एचआईडिसीएलको नाफा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

यसकारण खुम्चियो एचआईडिसीएलको नाफा



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा तुलनामा कम्पनीको नाफा २७.७६ प्रतिशतले घटेको छ ।

बैंकको ब्याजदरमा गिरावट आएपछि कम्पनीबाट भएको लगानीको प्रतिफलमा नकारात्मक असर पर्न गएका कारण नाफा घट्न पुगेको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगैको सम्झौता आम्दानी ३७ हजारबाट बढेर ४५ लाख ४३ हजार रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी भने समीक्षा अवधिमा २५.५६ प्रतिशत घटेर ४१ करोड रुपैयाँमा खुम्चिएको छ।

२४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष्मा ४ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६३.५८ गुणा रहेको छ।


प्रतिक्रिया दिनुहोस्