एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक



काठमाडौं । नेपाल क्रिकेट संघ को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो।

ब्राण्ड लजिकले यसअघि, एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंक लाई अनुबन्ध गरिसकिएको छ। प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान मा सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्क सँग प्रशारण सम्झौता गरिएको छ।


प्रतिक्रिया दिनुहोस्