आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज पनि (बिहीबार) सुनको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आजको बजारमा चाँदी बुधबार कायम मूल्यमा नै खरिदबिक्री भइरहेकाे छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्