हिमालय सेक्युरिटिजको प्रथम साधारणसभा, सेयर बजारको विकासमा अग्रसर बन्ने
काठमाडौं । हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा मंसिर ५ गते बुधबार सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको सभा कम्पनीको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा भयो ।
साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् ।
कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र श्रीमती आकांक्षा गुप्ताको पूनर्नियुतिm भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुतिm भएको छ ।
कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दैै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गने योजना रहेका कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले बताए । कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने अध्यक्ष क्षेष्ठले बताए ।













