आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार पनि सुन तोलामा १ हजार रुपैयाँले बढेको थियो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्