उकालो यात्रामा सेयर बजार, सबै सूचक हरियाली
काठमाडौं । मंगलबार पनि सेयर बजार उकालो लागेको छ । यसदिन बजार परिसूचक ३३.४१ अंकले बढेको छ । यो सँगै नेप्से २ हजार ७१६.६६ बिन्दुमा पुगेको छ । सोमबार पनि बजार १५ अंकले बढेको थियो ।
कारोबार अवधिभर ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ लाख ७४२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । यस दिन सबै सूचकमा हरियाली छाएको छ ।
सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स अग्रस्थानमा छ । कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।













