आज क-कसले गुमाए ?
काठमाडौं । थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ११४.७० रुपैयाँ घटेको हो । योसँगै आज कम्पनीको सेयर भाउ १ हजार ३२.३० रुपैयाँ कायम भएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको ८.४५ प्रतिशत, सामुदायिक लघुवित्तको ८.१२ प्रतिशत, ‘एनआइसी एशियाको ऋणपत्र ११ प्रतिशत ०८२–८३’ को ६.१६ प्रतिशत, बेष्ट फाइनान्सको ६.१२, सुपर मादी हाइड्रोपावर ५.९० प्रतिशत घटेको छ ।














