आज कुन-कुन कम्पनीका लगानीकर्ता भए मालामाल ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज कुन-कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?



काठमाडौं । बुधवार आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साताको चौंथो कारोबार दिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक, सर्पोट लघुवित्त, सप्तकोशी डेभलपमेन्ट, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यस्तै, आज सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर भाउ ९.९५ प्रतिशत, एलआइसी नेपालको ९.७५ प्रतिशत र अपर स्याङ्गेको ८.०९ प्रतिशत वृद्धि भएको छ।

आज यी बाहेक हिमालयन पावर पार्टनर, माउनटेन हाइड्रो, सेन्चुरी डिबेन्चर, नारायणी डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी लगायतका दर्जनौं कम्पनी लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्