बजारमा उछाल आउँदा पनि आज मिथिला लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । बजारमा उछाल आउँदा पनि आज मिथिला लघुवित्तका सेयर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
उक्त दिन कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँ कायम भएको छ ।
यस्तै, नेपाल फाइनान्सको सेयर भाउमा पनि ६.७७ प्रतिशत, थ्रिस्टार हाइड्रोपावरको ६.५२ प्रतिशत गिरावट आएको छ । आज नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०५ रुपैयाँ घटेर १ हजार ४४५ रुपैयाँ र थ्रिस्टारको प्रतिकित्ता ६७.३० रुपैयाँ घटेर ९६५ रुपैयाँ कायम भएको छ ।
आज यी कम्पनीहरुसहित एनआइसी एशिया ब्यालेन्सड फन्ड, जानकी फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका लगानीकर्ताले गुमाएका छन् ।















